सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

तीन दिनमा दुई हजार पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य


पश्चिम प्रेस
मंगलबार, मंसिर २६ २०८०
  • 337
    Shares

  • images
    images
    तीन दिनमा दुई हजार पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य
    महेन्द्रनगर । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आजको दिन पनि निरन्तरता पाएको हो । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला सात सय रुपैयाँ घटेको छ । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
     
    त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस