मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

११ वर्षीया बालिका करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


पश्चिम प्रेस
मंगलबार, मंसिर २६ २०८०
  • 665
    Shares

  • images
    images
    ११ वर्षीया बालिका करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

    कैलाली । कैलालीमा बालिका करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका–२ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका प्रहरीले जनाएको  छ । सो घटना २० गतेको भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा हिजो (सोमवार) जाहेरी दर्ता भएको हो ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अघि बढ्ने छ ।


  • सम्बन्धित विषय:

  • # बालिका करणी
  • प्रतिक्रिया दिनुहोस