सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

शुक्रबार पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
शुक्रबार, मंसिर २९ २०८०
  • 693
    Shares

  • images
    images
    शुक्रबार पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (शुक्रवार) सुन चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला दुई हजार आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस