महेन्द्रनगर । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । शुक्रवारको तुलनामा सुन आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रवारको तुलनामा आज चाँदी १५ रुपैयाँ घटेको हो । गत शुक्रवार प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)