जङ्ग बहादुर राणाले स्थापित गरेको जहानियाँ शासन १०४ वर्ष सम्म कायम रह्यो भन्ने कुरा सर्वविदितै छ । त्यति बेला जनतालाई त कुनै अधिकार छँदै थिएनन् । राजाका अधिकार पनि नाम मात्रका थिए । राजाको नामले राणाहरूले शासन चलाएका थिए । एक तरहले राजा पनि राणाहरूका नजरबन्दी थिए । कानुन भनेको राणाहरूको आज्ञा मात्र थियो । त्यति बेला राणाहरूको विरुद्ध बोल्नु त परै जाओस सोच्नु पनि ज्यान जोखिममा हाल्नु थियो । नेपालको इतिहासमा अत्यन्त क्रूर र दुर्भाग्यपूर्ण शासन थियो “राणाशासन” । स्वयम् “पंक्तिकार” को धारणा पनि केही यस्तै थियो । आफ्नो विषय पनि “सामाजिक शिक्षा” रहेको हुनाले “आधारभूत” तह बाट नै राणाहरूको बारेमा पढाउने अवसर पाएकी थिएँ राणाहरूका थुप्रै पुस्तक पनि पढियो । त्यही कारण उनीहरूप्रति अत्यन्त नकारात्मक रोच बन्यो । तर केही वर्ष अगाडि “पंक्तिकार”को हातमा एउटा यस्तो पुस्तक प¥यो जसले गर्दा “जङ्गबहादुर राणा” प्रति भएको धारणामा केही परिवर्तन ल्याएको छ । सोचमा परिवर्तन ल्याएको छ ।
इतिहासलाई पल्टाएर हेर्दा युद्ध, हत्याहिंसा भएका छन् । सत्ताकै लागि भएका छन् । कोही सत्ता पाउनको लागि कोही सत्ता बनाउनको लागि सत्ताको लागि पुत्रले पिताको हत्या गरेका छन् भने नोकरले मालिकको हत्या गर्न चूकेनन् । सत्तामा उही रहन सक्छ जो शक्तिशाली हुन्छ । शक्तिशाली व्यक्ति जस्तोसुकै भए पनि सत्तामा आएपछि सबैको राम्रो बनि हाल्दो रहेछ । सबै उसको चाकडी र चापलुसी गर्दछन् । यो क्रम परापूर्व कालदेखि नै चलि आएको छ र सधैँ चल्छ होला । जङ्ग बहादुर राणाको जीवन पनि केही यस्तै थियो । उनी अत्यन्त शक्तिशाली पनि थिए र उनी अति महत्वाकांक्षी पनि थिए । उनले पनि सत्ता प्राप्तिको तीनवटा पर्व गराएर आफ्ना सबै विरोधी भारदार उच्च पदस्थ सैनिक आदिको हत्या गराएर आफू प्रधानमन्त्री र प्रधान सेनापति बने । उच्च महत्वाकांक्षीलाई पूरा गरेका थिए । आफ्नो पौरखले नै उनी एउटा साधारण सिपाहीबाट श्री ३ महाराज बन्न सफल भएका थिए । सत्ता हासिल गर्न जति सुकै हत्या पनि गर्न सकिने रहेछ । उनले त केवल केही भारदार र सैनिकहरूको हत्या गराएर नै सत्ता प्राप्त गरिहाले । जे होस् राणा शासनको नाम आउँदा आज पनि केही पुराना व्यक्तिहरूमा भय र त्रास देख्न सकिन्छ ।
पंक्तिकार भने राणाशासनको त आज पनि विरोधी नै छ तर “जङ्ग बहादुर राणा” प्रतिको धारणा केही हदसम्म फेरिएको छ । उनले गरेका केही यस्ता कार्य जसका बारेमा सायद सबैलाई थाहा न हुन पनि सक्छ । जसले गर्दा थाहा हुन्छ, उनी जति सुकै कठोर भए पनि जति सुकै ऐय्यास भए पनि उनमा निकै हदसम्म मानवता थियो । कुनै व्यक्तिका नराम्रा पक्ष जति सुकै भए पनि उसका राम्रा पक्षबारे पनि सबैले थाहा पाउनु पर्छ भन्ने मनसायले लेख लेख्न जमर्को गरेकी हुँ । आशा छ अन्यथा लिइने छैन ।
सिख र अंग्रेजको दोस्रो युद्धमा चुनारगढको किल्लामा कैद गरेकी पंजाब केसरी रणजीत सिंहकी रानी कैदबाट भागी वि.सं. १९०६ बैशाख तदनुसार अप्रेल २१ ता. १८४९ ई. का दिन नेपाल भूमि भिक्षा खोरी भन्ने ठाउँमा शरणार्थीको रूपमा आइ पुगिन् । निज रानी एक्लै जोगिनीको रूपमा थिइन् । उनलाई पुलिसले हिरासतमा राखे । यहीँबाट उनले “प्राइमिनिस्टर” जङ्गबहादुर राणालाई पत्र लेखिन् । जङ्गबहादुरले थाहा पाए कि चाँद बीबी अंग्रेजहरूको कैदबाट भागेर यहाँ आएकी हुन् । अब उनलाई समस्या आइ प¥यो कि नकि अंग्रेजहरूसँग उनको एकदम राम्रो दौत्य सम्बन्ध थियो । शरण दिएमा अंग्रेज चिढ्ने नदिएका आर्य मर्यादा भंग हुने । फेरि जङ्गबहादुरले लेखि पठाऐ – जनाना तपाईँको चिठी मैले पाऐं । तपाईँको दुर्दसाको खबरले म बहुतै अपसोचमा छु । अब तपाईँले डराउनु पर्ने कुरा केही छैन । तपाईँ सुविस्ताका साथ काठमाडौँमा जीवन बिताउन पाउने बन्दोबस्त गरिदिने छु । तपाईँको शरीरको ठीक नभएको हुँदा वैद्यहरू पठाएको छु । अहिले हात्तीको डाँकबाट यहाँ चाँडै आइ पुग्नु भए बेस होला । लाहौरकी भूतपूर्व महारानी चाँद कुँवर अप्रेल २९ ता. १८४९ का दिन काठमाडौँ आई पुगिन् । उनको अगाडि शाही दर्जाको सम्मान जङ्गबहादुर राणाले गरे । रानीको दशा अत्यन्त दयनीय भएको हुनाले त्यो दिन कुनै खास कुरा हुन सकेन । दरबार भित्रै बेग्लै लङमा उनलाई राखे । भोलिपल्ट भेट गर्दा रानीले बहुतै हृदय विदारक कुराहरू उनलाई सुनाइन् । काठमाडौँका रेजिडेण्टले चाँदबीबी काठमाडौँ आइ पुगेको कुरा थाहा पाए । उनले जङ्गबहादुरलाई भने महारानीलाई तुरुन्तै भारतमा अंग्रेजहरूले सुपुर्द गरि दिनु पर्छ, नत्र भने दुई देशको बीच भइ रहेको मित्रतामा बाधा पुग्न सक्छ । जङ्गबहादुरले पनि यसबाट अतिथि सत्कारको परम्परा भङ्ग हुनुको साथै हाम्रो हिन्दू धर्मबाट ठूलो अपराध हुने भएकोले यस्तो काम नेपाल सरकारबाट हुन सक्दैन तर रानी चाँद कुँवरलाई नेपाल सरकार आफ्नो जिम्मामा लिनेछ । निजले नेपाल भूमिमा बसी अंग्रेज सरकारको विरुद्धमा कुनै कारवाही गरेमा तुरुन्तै अंग्रेजलाई सुम्पी दिनेछ । साथै निजलाई काठमाडौँबाट भाग्न उम्कन दिने छैन तर कुनै किसिमले भागी हालेमा नेपाल सरकार जवाफदेही हुने छैन । बरु तुरुन्तै अंग्रेज सरकारलाई खबर दिनेछ । यसरी जङ्गबहादुरले बडो चतुराईका साथ चाँदबीबी कुँवरलाई शरण दिए ।
महारानी चाँद कुँवरको सुविस्तालाई जङ्गबहादुरले हरेक किसिमको व्यवस्था मिलाइ दिए । बागमतीको किनारमा पञ्जाबीशैलीको छुट्टै घर बनाई दिए । त्यो घर चार बुर्जावालो घरको नामले प्रसिद्ध थियो । २,५००।– मासिक भत्ता पनि मिलाई दिए । भारत आजाद भएपछि रानी काठमाडौँ छोडेर जाने बेला सो घर एउटा ब्राह्मणलाई दान दिएर गइन् । पछि जङ्गबहादुरले त्यो घर पैसा तिरेर ब्राह्मणसँग किने र सो घरमा तोपखानाको अफिस राखे ।
यसरी जङ्गबहादुरले शरणको मरण नगर्ने नेपाली परम्परालाई कायम राखे । एउटा हिन्दू नारीको धर्मको रक्षा गरेको देखेर नेपाली जनता प्रभावित भएका थिए । यति मात्र होइन सन् १८५९ ई. को शुरुतिर “भारत छोडो” आन्दोलनका विद्रोही सेनाका जवानहरू र भारतका कर्मठ विद्रोही नेताहरू भारत छोडी नेपालको पश्चिम तराईको “मुरीखोला” भन्ने ठाउँमा आइ पुगे भन्ने खबर जङ्गबहादुरले थाहा पाए । साथै नेपालले पूर्व सन्धि अनुसार भारतीय विद्रोहीहरूलाई ब्रिटिस सरकारको सुपुर्द गर्नु पर्ने रेजिडेण्ट कर्णेल ¥यालेले सुनाए । यसै अवसरमा राजा गंगाधर राव र बाला राव पेशवाका नाना सा. निजका माता र पत्नी काशीलाई अवधका नवाब वाजिद अली शाह र निजका बेगम र छोरा नवाब मिर्जाले संयुक्त रूपमा जङ्गबहादुरलाई अनुरोध गरे । अब हामी तपाईँको शरणमा छौँ । हामी गाई बराबर छौँ । तपाईँ बाहेक हाम्रो र हिन्दू धर्मको रक्षा कोही पनि गर्न सक्दैन । गंगा बराबर छौँ । तसर्थ हामी शरणमा आएका छौँ चाहे शरण दिनुहोस् अथवा बन्दी बनाउनुहोस् । तपाईँको जे इच्छा छ, सोही गरे हामी सन्तुष्ट हुन्छौँ । श्री ३ जङ्गले पनि आफ्नो आर्य धर्मको पालना गरे । सबै जनाको सुरक्षा तथा खान बस्नको राम्रो व्यवस्था मिलाइ दिए । नाना राव र बाला रावको ब्रिटिश भारत सरकारले जोरदार माग गरिरहेका थिए तर यिनीहरूलाई श्री ३ जङ्गले आफ्नो सुरक्षामा राखे र यिनीहरूको कालो ज्वरले मृत्यु भैसकेको झुठो खबर ब्रिटिश सरकारलाई पठाइ दिए ।
यस बाहेक यिनले केही अरु पनि यस्ता कार्य गरेका छन् । जुन एकदम सराहनीय छन् । जस्तै (१) कौसी ढुकुटी (२) धर्म भकारी (३) आयुर्वेदिक औषधी उपचारका लागि जडीबुटीका बिरुवाहरू काबुल, सिक्किम, भुटान, कश्मीर, नैनीताल आदि ठाउँबाट झिकाई नागार्जुन तथा गोकर्ण वनको ठाउँ–ठाउँमा लगाउन लगाएका थिए जसले गर्दा आयुर्वेदिक औषधि उपचार पद्धतिमा ठूलो योगदान पुगेको छ ।
.gif)