शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थापनाका ७२ वर्ष पुगिसकेपछि पनि व्यवहारिक हुन सकेन प्रजातन्त्र


शनिबार, फागुन ७ २०७८
  • 1.3K
    Shares

  • images
    images


    नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष पुगिसक्दा पनि व्यवहारिक रुपमा प्रजातन्त्र आएको भान हुन सकेको छैन । १९ औँ शताव्दीको अन्त्यतिरबाट सुरु भएको प्रजातन्त्रको लडाइ अझै पनि निरन्तर चलिरहेकै छ । सामान्य रुपमा केही परिवर्तन भए पनि जनताले प्रजातन्त्रबाट पाउनुपर्ने लाभ प्राप्त गर्न सकेका छैनन् । काजगका पानामा प्रजातन्त्र गणतन्त्रमा परिणत भइसक्दा पनि हामी अझैँ प्रजातन्त्रकै लडाई लडिरहेका छौँ । व्यवस्था परिवर्तनसँगै व्यवहार परिवर्तन हुन नसक्दा वास्तविक प्रजातन्त्र अझैँ आउन नसकेको गुनासो जनताहरुमा रहेको पाइन्छ । जनताहरुबाट जनप्रतिनिधि चुनिए पनि जनताको इच्छा अनुसारका काम जनप्रतिनिधिहरुले चुन्न नसक्नु आजको तितो यथार्थ हो । राज्यशक्तिमा पुगेपछि जनताका मुद्दाहरुलाई वेवास्था गरी आफ्नो श्वार्थ सिद्धिमा केन्द्रित जनप्रतिनिधिहरुका कारण प्रजातन्त्रप्रति पनि जनताहरुको नैराश्यता बढ्दै गइराखेको छ । प्रजातन्त्रमा जनताले पाउनुपर्ने अधिकारहरु अझैँ पाउन सकेका छैनन् । ससना मुद्दाहरुमा समेत न्याय पाउनका लागि आन्दोलन गर्नै पर्ने परिपाटी अझैँ टुङ्गिएको छैन्  । देशमा व्याप्त कमिसन, भ्रष्ट्राचार, हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेका र तिनीहरुको रोकथाम गर्नुको सट्टा अपराधीहरुलाई विभिन्न राजनीतिक पार्टीहरुकै आडमा संरक्षण भइरहेको पाइन्छ । सरकारी निकायका हरेक क्षेत्रमा हुँदै आइरहेको राजनीतिक भागबण्डाले आम सर्वसाधारणलाई त्यस ठाउँमा पुग्न सकिने अवस्था रहेको पाइदैन । हरेक क्षेत्रमा भइरहने राजनतिक हस्तक्षेपका कारण आम नागरिक बनेर बस्नसक्ने वातावरण नै छैन । नामका लागि प्रजातन्त्र भनिए पनि पुरानै परिपार्टीका कारण जनताले वास्तविक प्रजातन्त्रको स्वाद अझै लिन पाएका छैनन् । 




    प्रतिक्रिया दिनुहोस