सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
शुक्रबार, पुस ६ २०८०
  • 671
    Shares

  • images
    images
    बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । आज (शुक्रवार) नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।   
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको  तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज  १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस