सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

श्रीमती कुटेको आरोपमा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दायर


पश्चिम प्रेस
शनिबार, पुस ७ २०८०
  • 751
    Shares

  • images
    images
    श्रीमती कुटेको आरोपमा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दायर

    नयाँ दिल्ली ।  भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दर्ता गरिएको छ । उत्तर प्रदेशको नोएडा पुलिसले उनकी श्रीम्ती यानिका बिन्द्रालाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि मुद्दा दायर गरेको हो । 

    विवेक बिन्द्राले डिसेम्बर ६ मा यानिकासँग विवाह गरेका थिए तर विवाह गरेको आठ दिन पछि, डिसेम्बर १४ मा श्रीमतीलाई कुटपिट गरेको आरोपमा उनीमाथि मुद्दा दर्ता गरिएको हो । 

    बडा बिजनेस प्रालिका सीईओ र संस्थापकसमेत रहेका बिन्द्रालाई भारतीय दण्ड संहिता (आइपिसी) को विभिन्न धाराहरू अन्तर्गत मुद्दा दायर गरिएको हो । जसमा ३२३, ५०४, ४२७ र ३२५ लगायतका मुद्दा दर्ता गरिएका छन् । 

    यानिकाका भाइ वैभवले उनीमाथि उजुरी दर्ता गराएका थिए । बिन्द्राले आफ्नी बहिनीलाई कोठामा थुनेर दुर्व्यवहार गरेको र उनलाई गम्भीर शारीरिक आक्रमण गरेको आरोप उनले आरोप लगाएका छन् । 

    सँगसँगै उनले सामाजिक सञ्जालमा बिजनेस स्क्यामबारे पनि आक्रोश खेप्नु परेको छ । अर्का मोटिभेस्नल स्पिकर सन्दीप महेश्वरीले आफ्नो युट्युब च्यानलमा 'अनभिलिङ ए मेजर स्क्याम' शीर्षकको एउटा भिडियो अपलोड गरेपछि उनले चौतर्फी आलोचना खेप्नुपरेको छ ।  


  • सम्बन्धित विषय:

  • # विवेक बिन्द्रा
  • प्रतिक्रिया दिनुहोस