महेन्द्रनगर । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रवार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रवार प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य आज १० रुपैयाँ घटेको हो । शुक्रवार प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)