सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
मंगलबार, पुस १० २०८०
  • 568
    Shares

  • images
    images
    बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । नेपाली बजारमा आज (मङ्गलवार) सुन चाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस