महेन्द्रनगर । गोदावरीबाट लागू औषधसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका—६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई कैलालीको गोदावरी नगरपालिका—३ चौकी डाँडाबाट अवैध लागू औषधसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित बुधवार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)