सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ घट्यो


पश्चिम प्रेस
शुक्रबार, पुस १३ २०८०
  • 695
    Shares

  • images
    images
    अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ घट्यो
    महेन्द्रनगर । नेपाली बजारमा आज (शुक्रवार) सुन चाँदीको मूल्य घटेको छ । 
     
    बिहीबार प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँ नै घटेको हो ।   
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रवारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो । बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस