मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नियम कागजमा


सोमबार, फागुन ९ २०७८
  • 701
    Shares

  • images
    images
    नियम कागजमा



    पौष महिनाको जाडो सबैलाई थाहा छ । सूर्यको तापको स्पर्श नपाएको तीन दिन भईसके । तराईमा जति गर्मी हुन्छ, त्यतिकै जाडो पनि हुन्छ । वर्षा पनि कहिँ अविरल कहिँ खण्डवृष्टि त कहिँ खडेरी नहुने कहाँ हो र ? कहिले त बाढीले बस्ती नै जलमग्न भएको हुन्छ ।
    समय एवम् ऋतुको नियम नित्य निरन्तर चलिरहन्छ । प्रकृतिले आफ्नो धर्मलाई कहिले छोड्दैन । मानववस्तीमा जाडोले वृद्ध, बच्चा, रोगीहरू घरभित्र खुम्चीएर बसेका छन् । गोठमा पालिने गाई, बाच्छा भने सडकमा यत्र तत्र सर्वत्र लुग लुग काँपीरहेछन् । मानिस भने टम्म न्यानो लुगा कसेर आफ्नो गन्तव्यमा तँछाड़ मछाड़ गरि कोही पैदल कोही मोटरसाइकल, कोही साइकल त कोही आफ्नै कारमा दौडिरहेछन् ।
    सडकको एकछेउमा एक विदेशी र अर्का नेपाली युवा भने प्रश्नोत्तर शैलीमा गफ गरिरहेका छन् ।
    विदेशी युवा – “भाइ ! गाई नेपालको राष्ट्रिय जनावर होइन र ?
    नेपाली युवा - “हो नि ! राष्ट्रिय जनावर हो, किन तिमीलाई शंका लाग्यो ?” 
    विदेशी युवा – “मैले सुनेको छु अझ नेपालीहरू गाईको पूजा पनि गर्दछन्, यस्तो राष्ट्रिय एवम् पूज्यनीय प्राणाीको संरक्षण किन गरिँदैन ?”
    नेपाली युवा – “हो लक्ष्मी पूजाको दिन लक्ष्मीको रूपमा पूजा गरिन्छ । हिन्दू धर्मावलम्बीले आफ्नो धार्मिक कार्यमा गाईको दूध, गौत, गोबर, घ्यू, दहिको पञ्च गब्य बनाउँछन् भने मृत्यु संस्कारमा गाईको दान गर्ने चलन पनि छ । अझ गाईको शरीरमा तेत्तीसकोटी देवीदेवताको वास हुन्छ भनी गाईको नित्य आराधना गर्ने नेपाली पनि यसै समाजमा बस्छन् । 
    विदेशी युवा – “यो सडकमा जाडोले काँप्ने गाई होइनन् त ?”
    नेपाली युवा – “हुन् नि किन हो ?”
    विदेशी युवा – “गाईको गोठमा बाँस पाउने नियम कानुन छैन, के यस्तै दुर्गति हो हिन्दू धर्मको ?” 
    नेपाली युवा – “नियम कागजमा छ नि भाइ !”
    ८८८




    प्रतिक्रिया दिनुहोस