महेन्द्रनगर । नेपाली बजारमा आज (मङ्गलवार) सुन चाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । सोमबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
.gif)