मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

ब्रिष्टन कलेजमा तीन दिने रोजगार मेला सुरु


पश्चिम प्रेस
बिहीबार , माघ ४ २०८०
  • 1.2K
    Shares

  • images
    images
    ब्रिष्टन कलेजमा तीन दिने रोजगार मेला सुरु

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले तीन दिने रोजगार मेला आयोजना गरेको छ । व्यवस्थापन सङ्काय अध्यापनमा सुदूरपश्चिमकै अब्बल कलेजको रुपमा रहेको ब्रिष्टन कलेजले अध्ययनरथ विद्यार्थीहरुलाई आफु कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिनेरोजगार मेला आयोजना गरेको हो । 

    यसका साथै  कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न ४० हजार रकम ऋणसमेत प्रदान गरेको छ ।  ब्रिष्टन कलेजका पुर्व प्रिन्सिपल निशा भट्टले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको सिर्जना गर्न र क्षमता विकासका लागि मेला आयोजना गरिएको बताए ।
     
    तीन दिने मेलामा विद्यार्थीहरुले समूह बनाएर १८ ओटा स्टलहरु रोखका छन् । जसमा स्थानीय थारु परिकार डिक्री र मौलिक परिकार कोदोको मःम, मट्का चिया लगायतका उत्पादनलाई प्रोत्साहन गरिएको छ । 

    कलेजले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नका लागि समेत यो मेला महत्वपूर्ण रहेको सहभागिहरुले बताएका छन् । 

    मेलाले विद्यार्थीहरुलाई व्यवासायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परिक्षण गर्न समेत सघाउ पुगेको बताइएको छ । 

    आजदेखि सुरु भएको रोजगार मेला माघ ६ गतेसम्म चल्नेछ । 


  • सम्बन्धित विषय:

  • # रोजगार मेला
  • प्रतिक्रिया दिनुहोस