सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते


पश्चिम प्रेस
शुक्रबार, माघ ५ २०८०
  • 925
    Shares

  • images
    images
    दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

    महेन्द्रनगर । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटनामा परेको छ ।  दुर्घटनामा १५ जना घाइते भएका छन् । 

    आज (शुक्रबार) बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । 

    ‘बस सडकबाट २० मिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस