शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,७ जना घाइते


पश्चिम प्रेस
मंगलबार, माघ १६ २०८०
  • 823
    Shares

  • images
    images
    बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,७ जना घाइते

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका  वडा नं  २ कटौजपानीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

    सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो कटौजपानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले  जानकारी  दिए ।

    जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएका  छ  भने चालक सहित  ७ जना घाइते भएका प्रहरीले जनाएको छ । जिपमा सवार दोगडाकेदार गाउँपालिका वडा नं ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए ।

    घाइते हुनेमा कालागाउँका ५०  वर्षिय बिरे लुहार, २६ वर्षिया   घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट,७० वर्षिया हरिमाया विष्ट, १७ वर्षिय महेश विष्ट र ३० वर्षिय  जिप चालक भुपेन्द्र विष्ट रहेका छन् । घाइते मध्ये चालकको  अवस्था गम्भीर रहेको र    बाँकीको  अवस्था मध्यम रहेको  प्रहरीले  जनाएको  छ । घाइतेहरुको  जिल्ला अस्पताल बैतडीम उपचार भैरहेको  छ ।   

     प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको  बताइएको  छ । 


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस