शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

बैतडीमा पनि शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध


पश्चिम प्रेस
शुक्रबार, चैत २३ २०८०
  • 304
    Shares

  • images
    images
    बैतडीमा पनि शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध
    बैतडी ।  बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो । 
     
    पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो । बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् । 
     
    कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् । बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । 
     
    शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनको भनाइ छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीलाई विद्यालयमा पहुँच पु¥याउन घरदैलो अभियान सञ्चालन हुने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # पाठ्यपुस्तक उपलब्ध
  • प्रतिक्रिया दिनुहोस