आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

भीमदत्तका दुईसहित कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य


पश्चिम प्रेस
शुक्रबार, असार २२ २०८१
  • 388
    Shares

  • images
    images
    भीमदत्तका दुईसहित कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुईसहित आठ विद्यालयको नतिजा शून्य आएको छ।

    गत बिहीवार सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो। शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताएका छन्।

    उनका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो। त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक–एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # नतिजा शून्य
  • प्रतिक्रिया दिनुहोस