शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

ब्रिष्टन कलेजमा बिसिए र एमबीए कार्यक्रम सुरु


पश्चिम प्रेस
मंगलबार, साउन ८ २०८१
  • 3.3K
    Shares

  • images
    images
    ब्रिष्टन कलेजमा बिसिए र एमबीए कार्यक्रम सुरु

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा अवस्थित ब्रिष्टन कलेजले नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेको छ ।

    यस भेगका ख्यातिप्राप्त प्राज्ञिक एवं सामाजिक व्यक्तिहरूको सक्रियतामा यो कलेज सञ्चालित छ । स्थापनाकालदेखि नै अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको यस कलेजमा विद्यार्थीलाई आफ्नो रुचि र क्षमता अनुसारका विषय छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गर्दै आएका छ । भौतिक एवं शैक्षिक रूपमा कलेज सक्षम र सवल छ । सुविधा सम्पन्न कक्षाकोठा,पुस्तकालय,र कम्प्युटरका व्यवस्थित प्रयोगशाला, सेमिनार हल,सुविधासम्पन्न खेल मैदान र प्रविधिमैत्री शिक्षणको व्यवस्था भएको यो कलेजले युग सुहाउँदो नयाँ कार्यक्रमहरु समेत सञ्चालन गर्न लागेको छ । 

    पोखरा विश्वविद्यालयलबाट अनुमति लिई बिबिए कार्यक्रम सञ्चालनमा रहेको ब्रिष्टन कलेजले यसै शैक्षिक शत्रबाट बाट बिसिए र एमबीए कार्यक्रम थप गरी प्राविधिक एवं व्यावसायिक शिक्षामा पहुँच विस्तार गर्दै  गएको छ ।  विद्यार्थीले अध्ययनपछि समाजमा आफूलाई प्रतिस्पर्धी बनाउन प्राविधिक शिक्षाको महत्व बढ्दो समयमा समाजमा उपयोगी र समय सुहाउँदो शिक्षा दिने क्रममा ब्रिष्टन कलेजले बिसिए कार्यक्रम पनि सञ्चालनमा ल्याएको हो । कलेजले बिसिए अध्यापनका लागी सम्पूर्ण तयारी सम्पन्न गरिसकेको छ ।

    शैक्षिक योजनाअनुसार विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्नु कलेजको मुख्य उद्देश्य रहेको जनाएको छ ।  कलेजले विभिन्न समय शैक्षिक कार्यक्रमहरु संगै अन्यक्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको । 

     


  • सम्बन्धित विषय:

  • # ब्रिष्टन कलेज
  • प्रतिक्रिया दिनुहोस