शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

कक्षा १२ काे नतिजा: ५२ प्रतिशत विद्यार्थी उतिर्ण


पश्चिम प्रेस
शुक्रबार, साउन १८ २०८१
  • 416
    Shares

  • images
    images
    कक्षा १२ काे नतिजा: ५२ प्रतिशत विद्यार्थी उतिर्ण

    काठमाडौँ । कक्षा १२ को नियमिततर्फकाे नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । 

    परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

    आज सार्वजनिक भएको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

    यस्तै  १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएकाे छ ।  ३८ हजार  १४६ जनाकाे एनजी आएकाे हाे ।

     


  • सम्बन्धित विषय:

  • # कक्षा १२ काे नतिजा
  • प्रतिक्रिया दिनुहोस