बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

बेलौरीमा कांग्रेसले तालमेल नगर्ने, मेयरमा विष्टको चर्चा


पश्चिम प्रेस
सोमबार, चैत २१ २०७८
  • 2.5K
    Shares

  • images
    images
    बेलौरीमा कांग्रेसले तालमेल नगर्ने, मेयरमा विष्टको चर्चा

    महेन्द्रनगर । आसन्न स्थानियतहको निर्वाचनका लागी दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त हुन थालेका छन् । आगामी स्थानियतहको निर्वाचनका लागी कञ्चनपुरमा दलहरू बिच तालमेल गर्ने सहमति भए पनि बेलौरीमा भने उक्त सहमति कार्यान्वयन नगर्ने नेताहरूको अडान छ ।

    बेलौरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयरका उम्मेदवार होशियार बिष्टले काँग्रेस एक्लै चुनावमा जाने बताए । उनले बेलौरीको हकमा तालमेल अपरिहार्य नभएको जनाए । पाँच वर्ष सम्म कम्युनिस्टको सरकारले व्यापक भ्रष्टाचार गरेको, आएका योजना फिर्ता गएका , बेलौरी नाका खर्कौला नाकामा गएको, विकासका नाममा चरम अन्याय भएको भन्दै उनले आगामी स्थानियतहको निर्वाचनमा नेपाली काँग्रेसलाई जनताले मागेको बताए ।

    उनले भने,–‘ कम्युनिस्ट सरकारको कार्यले जनता आघात भएका छन्, जनताले काँग्रेसको नेतृत्व मागेका छन् । ’
    बेलौरीको समग्र विकासका लागी मेयरमा काङ्ग्रेसबाट निर्विकल्प उम्मेदवार रहेको उनले बताए । विष्ट यस अघि मेयरमा पराजित भएका थिए । उनी घरदैलो अभियान सँगै जनता माझ भोट माग्न दौडधुप गरिरहेका छन् । 
    नेकपा माओवादी केन्द्रले भने केन्द्रको निर्णयको प्रखाईमा रहेको जनाएको छ ।  

    आगामी वैशाख ३० गते हुने निर्वाचनका लागी नेकपा एमालेबाट बेलौरीमा पल्लवराज भट्टको चर्चा हुन थालेको छ । भट्ट यसअघि नेकपा माओवादी केन्द्रका पोतीलाल चौधरीसँग ६ हजार ४ सय ७ मत सहित मेयरमा पराजित भएका थिए । नेकपा एमालेले कुनै दलसँग तालमेल नगरेपनी जनताले एमाले रुचाएको भट्टले बताए । यद्यपी उम्मेदवारको हकमा भने पार्टीले टुंगो लगाएपछि थप प्रचार प्रसार गरिने उनले जनाए । बेलौरीमा नेकपा एमालेका नेता वडा, टोल गठन देखी चुनावी दौडधुपमा व्यस्त हुन थालेका छन् ।                   


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस