सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

पुल बन्ने बेलामा डिजाईन परिवर्तन


पश्चिम प्रेस
शनिबार, वैशाख ३ २०७९
  • 899
    Shares

  • images
    images
    पुल बन्ने बेलामा डिजाईन परिवर्तन


    महेन्द्रनगर । ६ बर्षअघि भौगोलिक रुपले विकट कञ्चनपुरको लालझाँडी गाउँपालिकालाई जोड्न दोदा नदीमा पुल निर्माणको ठेक्का सम्झौता भयो । २०७२ साल पुसमा डिभिजन सडक  कार्यालय कञ्चनपुरले लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीसँग २०७५ पुस २६ गते काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
    पुल निर्माणको  समयावधिमा तीनवटा पिल्लर मात्रै ठडिए । पुल निर्माणको लागि पटक पटक म्याद थप भयो तर ६ वर्ष बित्दा समेत पुल बन्न सकेन । पुल निमार्ण गरिसक्नुपर्ने बेला पुलको फाउण्डेशनमा समस्या देखिएको भन्दै डिजाईन नै परिवर्तन गरियो । डिभिजन सडक कार्यालय महेन्द्रनगरले पुलको फाउण्डेशनमा समस्या आएपछि डिजाइन परिर्वतन गरी  अर्को ठाउँमा पुल निमार्णको प्रक्रिया अघि बढेको जनाएको छ । डिभिजन सडक कार्यालय महेन्द्रनगरका सुचना अधिकारी सरला न्यौपानेले पुलको पुनःनिमार्णका लागि निमार्ण कम्पनीलाई पत्राचार गरिसकेको बताए ।“डिजाईन परिवर्तन गरेर त्यहि अनुसार निमार्ण कम्पनीलाई काम गर्न पत्राचार भइसकेको छ ।”उनले भनिन–“निमार्ण कम्पनीले आफ्नै लागतमा पुलको पुनः निमार्ण गर्छ ।”
     निमार्ण कम्पनीलाई भुक्तानी भएको रकम बराबरको काम भइसकेपछि मात्रै भुक्तानि हुने उनले बताईन । पुल निमार्णको लागि लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कैलाली सँग २४ करोड ५३ लाख रुपैयामा ठेक्का सम्झौता भएको थियो । जसमध्ये १४ करोड ८८ लाख रुपैया भुक्तानी भईसकेको छ ।दोदा नदिमा पुल नहुँदा लालझाडी बासीले बर्षौदेखि समस्या भोग्दै आएका छन् । 
    बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता छ भने हिउँदमा खोलामा बनाएको काठे पुल तरेको पैसा तिनुपर्ने बाध्यता छ । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाईसकेका छन् । नदी पारी बसाई र वारी खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर नदी तर्न बाध्य रहेको स्थानीय शाहादेव रानाले बताए । ‘यता स्वास्थ्य चौकी पनि छैन बिरामी हुँदा, सुत्केरी हुँदा धेरै दुःख हुन्छ ।’ उनले भने–‘ज्यान जोखिममा राखेर बिरामीलाई बैलगाडामा राखेर खोला तर्नुपर्छ ।’ उनले सबैको खेत खोला पारी भएकाले बर्खामा खेती गर्न पौडी खेलेर वारपार गर्ने गरेको बताए । 

     


    प्रतिक्रिया दिनुहोस