शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा एसइईको तयारी पुरा,  झण्डै ११ हजारले परिक्षा दिने


बिहीबार , वैशाख ८ २०७९
  • 778
    Shares

  • images
    images
    कञ्चनपुरमा एसइईको तयारी पुरा,  झण्डै ११ हजारले परिक्षा दिने

    महेन्द्रनगर । वैशाख ९ गते (भोलि) देखी सुरु हुने एसइई परीक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । जिल्लाका ८ स्थानियतहमा केन्द्र तोकी सबै तयारी लगभग पुरा भएको समन्वय इकाईले जनाएको हो । 

    शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका अनुसार जिल्लामा ३३ परीक्षा केन्द्र ताकिएका छन् । परीक्षामा १० हजार ७ सय ३६ विद्यार्थी सामेल हुनेछन् । जिल्लाको लालझाँडी गाउँपालिकामा भने परीक्षा केन्द्र नतोकिएको सूचना अधिकारी राजेन्द्र प्रसाद भट्टले बताए । विद्यार्थी न्यून र विद्यालय समेत कम हुँदा लालझाँडीमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा बेलौरी स्थित शान्तिपुर माध्यामीक विद्यालयलाई नै परिक्षाकेन्द्र तोकिएको उनले जनाए ।

    यस्तै जिल्लामा २ सय ३ विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सामेल हुनेछन् ।  उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको शिक्षा समन्वय इकाईले जनाएको छ । नजिकको सुरक्षा निकायमा प्रस्नपत्र पठाइएको छ । केन्द्रा अध्यक्ष नियुक्त भएर अभिमुखीकरण गरिएको सूचना अधिकारी भट्टले जनाए । जिल्लाको हकमा बेल्डाँडी गाउँपालिकामा सबै भन्दा कम एक परिक्षाकेन्द्र तोकिएको छ भने भीमदत्तमा १० परिक्षा केन्द्र ताकिएको छ । अन्यमा २–३ परिक्षाकेन्द्र गरी परीक्षाको सम्पूर्ण तयारी पुरा भएको उनले जनाए । वैशाख ९ गतेदेखि २० गतेसम्म एसइई परीक्षा सञ्चालन गरिने छ । परिक्षा विहान ८ बजेदेखी ११ बजेसम्म सञ्चालन हुने सूचना अधिकारीले भट्टले बताए ।

    यस अघि कोरोना भाइरसका कारण विगत दुई वर्ष परीक्षा सञ्चालन हुन सकेको थिएन । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने र विद्यालयकै मूल्याङ्कनका आधारमा अङ्क पठाउनुपर्ने निर्णयका आधारमा विद्यार्थीहरूको प्राप्ताङ्क चढाइएको थियो ।  




    प्रतिक्रिया दिनुहोस