बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

निर्वाचनका केही सन्दर्भ नियाल्दा


बुधबार, जेठ ४ २०७९
  • 903
    Shares

  • images
    images
    निर्वाचनका केही सन्दर्भ नियाल्दा

    राजनीति प्रति धेरैले असन्तुष्टि पोखिरहँदा, निराशा व्यक्त गरिरहँदा, किन राजनीति बिग्रियो? व्यवस्था परिवर्तन हुँदा पनि अवस्था फेरिएन भन्ने चासो र चिन्ता बढदै गएको छ । गणतन्त्र नेपाल घोषणा र नेपालको सम्बिधान २०७२जारी भइसकेपछि दोस्रो पटक नियमित रुपमा स्थानिय तह निर्वाचन  सम्पन्न भयेको छ। स्थानिय निर्बाचनका सन्दर्भमा पनि ब्यापक रूपमा असन्तोष र गुनासाका अभिव्यक्ति आए। खासगरि केन्द्रीय राजनैतिक तहमा देखिएका अन्तरविरोधहरू तल सम्म पुगे । धेरथोरै मतमतान्तरका बाबजुद पनि देशभरी औसत रूपमा ६५%को हाराहारीमा मतदान भयेको छ । उत्साहजनक रूपमा निर्वाचनमा जनसहभागिता रहेको छ । केही सुकिलामुकिलाहरू थोरै मत खस्यो भनेर कराइ रहेको भए पनि यो जन अभिमत सकारात्मक नै हो । मतदानका सन्दर्भमा सोझो हेराइबाट यसलाई कमजोर मतदान ठानिनु हँुदैन। बढी भन्दा बढी जनताको सहभागिता हुनु पर्दछ, सबैले मताधिकार प्रयोग गर्न पाउनु पर्दछ ।

     
    वर्तमान स्थानिय निर्वाचनका सन्दर्भमा मतदान कम हुनुका पछाडी केही बिशिष्ट पक्ष र कारकहरू रहेका छन जस्तो कि मतदानका लागि मतदाताले आफ्नो तोकिएको मतदान केन्द्रमा प्रत्यक्ष उपस्थित हुनु पर्ने , गोप्य मतदान गर्नु पर्ने , मतदानका लागि मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्ने आमरूपमा संसार भरिको स्थापित  मान्यता हो । वर्तमान सन्दर्भको कुरा गर्ने हो भने धेरै मतदाता बिदेशमा रहनु अधवा स्वदेशमै पनि आफ्नो मतदान केन्द्र भन्दा टाढा रहनु, सेना, प्रहरी र कर्मचारीका रूपमा झण्डै ३लाख मतदाता निर्वाचनमा खटिएका कारण मतदानमा सहभागी हुन पाएनन् । 


    सामान्यतया शारीरिक असक्तताको कारण सहभागी हुन नसक्नेको संख्या एकदमै न्युन रहेको पाइएको छ । ज्येष्ठ नागरिक, गर्भवती–सुत्केरी तथा बिरामी समेत मतदान केन्द्र पुगेर भोट दिने संख्या मतदान केन्द्रहरूमा उल्लेख्य देखिन्थ्यो। यसलाई निरासाजनक रूपमा हेरिनु हँुदैन । निर्वाचनका सन्दर्भमा महत्वपूर्ण दस्तावेजको रूपमा रहेको मतदाता नामावलीका सन्दर्भ केही कमजोरी रहेका देखिन्छन् । जस्तो कि निर्वाचनको मिति सम्ममा मृत्यु भइसकेकाको र दोहरो परेका धेरैको नाम हटाइएको छैन  यसले मतदाता संख्या बढेको देखाउँछ भने खसेको मत प्रतिशत तल झार्छ । चुनावका लागि उमेर पुगेका मतदाताहरूको नामावली समावेश हुन छुटेका पनि केही देखिन्छन भने पि आर, डिभि वा रोजगारकै सिलसिलामा पनि बिदेशमा आवासिय सुविधा पाइ सकेकाको पनि मतदाता नामावलीमा नाम समावेश भै राखेकै पाइन्छ जब कि विदेशमा स्थायी बसोबास अनुमति पाइसकेका मतदाताका रूपमा रही रहनु औचित्यपूर्ण मानिदैन । यी यस्ता कुराहरू माथि विचार गर्दा मत थोरै खस्यो भन्नु सान्दर्भिक हँुदैन । स्वदेशमै रहेका मतदाताले मतदान केन्दमा उपस्थित हुन सक्ने व्यवस्था वा मतदानको वैकल्पिक व्यवस्था चाँही हुनु पर्दछ । चुनाव लोकतान्त्रिक व्यवस्थाको मूलभूत महाअभियान हो र बालिग नागरिकले मतदान गर्न पाउनु मौलिक हक पनि हो  । अतः निर्वाचन प्रति निराशाभाव सम्प्रेषण गर्नु व्यवस्था प्रति असन्तोस सिर्जना गर्नु भन्दा पनि समाजलाई सहि नेतृत्व दिन सक्ने जन प्रतिनिधि चयनबाट समाधान खोज्नु उपयुक्त हुन्छ । 
    निर्वाचनकै सन्दभको कुरा गर्दा मतदाता शिक्षा पनि महत्वपूर्ण पक्ष हो । मतदाता ले कसरी आफ्नो मत सदुपयोग गर्ने, कसलाई मत दिदा समाजले राम्रो योगदान पाउन सक्दछ । यसमा स्वयं मतदाता सचेत रहनु पर्दछ  तर हाम्रो समाजमा धेरै मतदाताहरू सचेत र सबल बन्न नसकेको अवस्थामा निर्वाचन आयोग भन्दा पनि राजनैतिक दल, तिनका नेता कार्यकर्ता, सामाजिक अगुवा र शिक्षित वर्गले मतदाता शिक्षामा सक्रिय हुनु पर्ने अवस्था देखिदैन । राजनैतिक स्वार्थका लागि आफूतिर मतदाता आकर्षण गर्ने अनेकौ हतकण्डा र चलखेलबाट राजनीतिकवृत मुक्त हुनु पर्दछ । 


    निर्वाचनका सन्दर्भमा नीति नियम र आचारसंहिता पालनको अनुगमन तथा कारवाहीको संयन्त्र मजबुत नहुँदा  निर्वाचन संयन्त्र र आचारसंहितालाई नै ठूलाठूला नेताहरू नै चुनौति दिइरहेका छन् । निर्वाचनमा मतदान पछिको अवस्थमा धेरैले मतपत्र ठूलो र झंझटिलो माने त्यसको उपयुक्त व्यवस्थापनका लागि राजनैतिक दल, सरकार रआयोग उत्तिकै जिम्मेवार छन, उमेदवारको संख्या बढनु, दलहरू आफैले क्रसिङ मतको अवस्था सिर्जना गर्नु, इलेक्ट्रोनिक र अनलाइन भोटिङको विधि अपनाउन नसक्नु, प्रक्रिया र पद्धतिमा खोट देख्नु तर व्यक्ति व्यक्ति आफूमा सुध्रिन नसक्नु, अधिकार खोज्नु तर कर्तव्य निर्वहनमा कञ्जुस्याइँ गर्नु,  नीति कार्यक्रम र योगदान भन्दा पनि अरूनै माध्यमले मतदातामा दवाब सिर्जना गरिनु जस्ता तमाम कारणहरू निर्वाचनका जटिलता सिर्जना भएका छन् । निर्वाचनमा परम्परागत तरिकाहरू बाहेक  सामाजिक संजालको प्रयोग त बढेको तर आफ्ना धारणा, योजना÷प्रतिवद्धताहरू जनसमक्ष प्रस्तुत गर्नु भन्दा पनि प्रदर्शनकै बाहुल्यता पाइन्छ। जनता परिवर्तन चाहन्छन त्यसै अनुरूप उम्मेदवारी र जनचाहनाको सम्बोधन गरी निर्वाचनमा जाने अभ्यास हुन नसक्दा अलमल भएको पाइन्छ । दलीय ब्यवस्थामा दलको अब्बलता देखाउनुको साटो एक अर्कोमा दोषारोपण तथा नेतृत्वको दोहलो काढेर आफू आफू राम्रो देखिने आरोप प्रत्यारोपको राजनीतिले राजनैतिक संस्कारको स्खलन देखाएको छ । अर्को महत्वपूर्ण कुरा के हो भने राजनैतिक दलहरू एक प्रकारका सामुहिक संगठन हुन, सामुहिक रूपमा योगदान दिएर, मूल्यांकनको आधारमा अघि बढने, स्थान र जिम्मेवारी दिने संस्कारको साटो गुट उपगुट संचालन भयेका तथा दल तथा  नेताहरूमा सैद्धान्तिक स्खलन छरपष्ट भएको छ त्यसैको छाया निर्वाचनमा पनि परेको पाइन्छ । जुनसुकै पनि दलभित्र नेता–कार्यकर्ताहरूले दलको माध्यमबाट  राष्ट्र तथा समाजका लागि कति बढी कर्तव्य निर्वहन गर्न सकिन्छ भन्ने भावना हुनु पर्नेमा दल र त्यसका नेताहरू बाट जसरी पनि बढी वैयक्तिक स्वार्थ पुर्ति गर्ने लालच बढेर जादा राजनैतिक बिकार तथा कचिङ्गल बढेर गएका छन् । जसको जरियाबाट राजनीति प्रतिको निराशा, कुण्ठा र प्रतिशोध बढ्न गएका छन्, यसको प्रत्यक्ष प्रभाव निर्वाचनका बेला झनै बढेर जाँदा स्वस्थ प्रतिस्पर्धा बाधित हुने गरेको छ । 

     




    प्रतिक्रिया दिनुहोस