महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा ११ वर्षीय बालिकामाथी बलात्कारको घटनालाई लिएर नेकपा माओवादी केन्द्रले क्षतिपुर्तीको माग राखेको छ ।
मंगलबार विहान उल्टाखामकी बालिकामाथी यौनदुव्र्यवहारको आरोप लागेको थियो । पसलमा गएका बेला ३४ वर्षीय दिनेश मालीले जबरजस्ती कोठामा लगी बलात्कार गरेको पिडीत परिवारले आरोप लगाएका छन् । बालिकाको धनगढीमा उपचार भइरहेको छ । यसैबिच नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमितीले विज्ञप्ति जारी गर्दे घटनाको सत्यतथ्य छानविन र बालिकाको उपचारमा क्षतिपूर्तीको माग गरेकोे छ ।
विज्ञप्तिमा भनिएको छ,‘ पिडित बालिकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे घटनाको सत्यतथ्य छानविन गरि उचित उपचार तथा पिडित परिवारलाई न्यायसहितको क्षतिपुर्तिका लागी सरकार समक्ष जोडदार माग गर्दछौँ ।’
तर बलात्कार आरोपित पुरुष भने सोही दिन झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आसंका गरेको छ । मृृतकको शव महाकाली अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको डिएसपी चक्र शाहले बताए ।
.gif)