नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारणले गठबन्धन नटुट्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नहुने स्थिति आए पनि गठबन्धन नटुट्ने बताएका हुन् । एमसिसी सम्झौताको केही सुधार गर्नुपर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको हुनाले एमसिसीको विादकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दाबी छ । प्रधानमन्त्री देउवासँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा कुराकानी भइरहेको र देउवा पनि त्यसमा सकारात्मक रहेको उनले बताए ।
.gif)