दशवर्षे माओवादी जनयुद्धपछि तत्कालीन नेकपा (माओवादी) विस्तृत शान्ति सम्झौता मार्फत सशस्त्र द्वन्दको राजनीति छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेसँगै मुलुकमा एक किसिमको शान्ति स्थापित हुने विश्वास सबैमा थियो । तर , विडम्बना मुलुकका सबै जसो भौगोलिक र जातीय समुदाय झनै आन्दोलित भए । पुर्वी क्षेत्रमा मङ्गोल आर्मी र तराइ क्षेत्रमा झन्डै एक दर्जन सशस्त्र संगठनहरु क्रियाशील रहे । विशेष गरी तराइक्षेत्रमा “एक मधेश , एक प्रदेश “ को नारा लाग्यो । दिनहुँजसो आन्दोलन र हिंसात्मक झडपबाट दुवै राज्य र आन्दोलनरत पक्षको मानवीय र भौतिक क्षति भयो । विभिन्न कालखण्डमा सरकारपक्षसँग आन्दोलनरत पक्षको वार्ता र सम्झौताहरु भए । केही समयका लागि मत्थर भएको तराई केन्द्रित आन्दोलन संविधान जारी भए पश्चात् फेरी तात्यो । तराई केन्द्रित दलहरुले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालोदिनका रुपमा मान्दै आएको छ । तराई केन्द्रित दलहरुको सत्ता गठबन्धन , एकिकरण , फेरी टुक्रिने र सत्ता सम्म पुग्नका लागि जस्तोसुकै कदम चाल्ने नियतबाट तराईबासी वैकल्पिक राजनीति खोजिरहेका थिए । त्यसैको केन्द्रबिन्दु बन्न पुगे , सिके राउत ।
सिके राउत क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरी अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए । सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए । उनको अभिव्यक्तिलाई लिएर तराई मात्रै नभइ देश नै तरङ्गित बन्न पुग्यो । विशेषगरी “देश टुक्र्याउने” अभिव्यक्ती दिएको भनेर सरकारपक्षले पटकपटक उनलाई गिरफ्तार ग¥यो । उनी र उनी निकट नेताहरुको गिरफ्तारीले तराइमा फेरी सशस्त्र समुहको जन्म दियो । सिके राउत समुह लामो समय तराइ क्षेत्रका लागि खतरा बनेर रहेको राज्यपक्षको निष्कर्ष रहेको थियो । ९ मार्च ,२०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत बीच ११ बुदे सम्झौता भयो । अलग मधेस राज्यको माग गरेर पृथकतावादी आन्दोलन चलाउँदै आएको समुहलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएको भन्दै तत्कालीन सरकारले ठुलै जस लियो । सम्झौता भएपछि सिके राउत कसरी अघि बढ्लान भन्ने सबैलाई लागेको थियो । उनले “जनमत पार्टी” खडा गरे र त्यसैमार्फत आफ्ना गतिविधिहरु सन्चालन गर्दै आएका छन् । केही समय अघि जनकपुरमा एक सरकारी कर्मचारीलाई “काममा ढिलाई” गरेको भन्दै बीच सडकमा उनका कार्यकर्ताहरुले कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए ।
मङ्गलबार सिरहा जिल्लाको मिर्चैया क्षेत्र तनावग्रस्त रह्यो । कारण , उनै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको हड्ताल । हड्ताल गर्नुको कारण थियो , जिल्लाकै औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने । गाउँपालिकाले किसानलाई उपल्व्ध गराउन भनी ल्याएको गहुँ बीउ गोदामबाटै लुटिएपछि गाउपालिकाले केही व्यक्तिहरु माथि सोही लुटपाटको अभियोगमा मुद्दा दर्ता ग¥यो । प्रहरीले एक जनालाई पक्राउ समेत गरेपछि राजनीतिक प्रतिशोध राखेको भन्दै जनमत पार्टीले मुद्दा फिर्ता लिन दवाव दिने उद्देश्यले २ दिने जिल्ला बन्द घोषणा गरेको थियो । सो क्रममा आज उनका कार्यकर्ताले सार्वजनिक सम्पत्तिमा तोडफोड गर्दै क्षति पु¥याउन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यसैबीच , मङ्गलबारकै दिन सिके राउतले एक विज्ञप्ति जारी गर्दै सरकारसँग गरेको वार्ता पुरा नभए र निर्वाचनअघि कूल स्थानीय तहको ५० प्रतिशत मधेसमा बनाउनुपर्ने लगायतको १२ बुँदे माग पूरा नभए वैशाखमा हुने चुनाव भाड्ने गरी आन्दोलन गर्ने चेतावनी दिएको छन ।
उनका पछिल्ला गतिविधि र अभिव्यक्तिबाट तराइको शान्ति सुव्यवस्था कतै खल्बलिने त होइन ? भन्ने चिन्ता गर्न थालिएको छ । हिजोको हतार र हठासमा गरिएको सम्झौता तराईका लागि भारी बन्न सक्छ । त्यसकारण , सम्बद्ध सबै पक्षको ध्यानाकर्षण हुन र जिम्मेवार बन्न जरुरी छ ।
.gif)