डाक्टर बन्ने सपना बोकेर कलेज पढ्न गएका एमबिबिएसका विद्यार्थीहरु कलेजका सुरक्षागार्ड र कलेजले खटाएका व्यक्तिहरुबाट कलेजको गेटमै रोकिनुपर्दा कस्तो अनुभव होला ? त्यही पनि अतिरिक्त शुल्क नतिरेको निहुमा ? यस्तै अनुभव गर्न वाध्य भए बिराटनगरको नोबेल शिक्षण अस्पतालमा स्नातक तह (एमबिबिएस) पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले । काठमाण्डौ विश्वविद्यालय अन्तर्गतका बिराटनगरको नोबेल शिक्षण अस्पताल, पोखराको मणिपाल शिक्षण अस्पताल र काठमाण्डौको काठमाण्डौ मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै कक्षा सन्चालनमा रोक लगाउदै आएका छन । सरकारले एमबिबिएस अध्य्यनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ तर कलेजहरुले भने विभिन्न शिर्षकमा भन्दै अतिरिक्त ५ लाख सम्म शुल्क उठाउन खोजिरहेको देखिन्छ । यि मध्य काङ्रेसका नेता समेत रहेका सुनिल शर्मा नोबेल शिक्षण अस्पताल र काठमाण्डौ मेडिकल कलेजका संचालक हुन । जिल्ला प्रशासन कार्यालय मोरङमा अतिरिक्त शुल्क नलिने भनी कलेज प्रशासन , जिल्ला प्रशासन र अभिभावक बीच भएको सहमति बिपरित बिहिबार फेरी विद्यार्थीहरु गेटमै रोकिनुपरेको हो । उनै संचालक शर्माले “हामी पढाउन सक्दैनौ , हामीले हात झिक्यौ “ भन्दै विद्यार्थीहरुलाई अत्ताइरहेका छन । यसरी , देश भित्रै सुन्दर भविष्य बनाउन खोजेका विद्यार्थीहरु माथि यस किसिमको दवाब र रवैयाले पक्कै पनि राम्रो संकेत दिदैन ।
विद्यार्थी फेरिन्छन , डन प्रवृत्ती बोक्ने पात्र फेरिन्छन तर यो नियती प्रत्येक वर्ष दोहोरिने गर्दछ । शिक्षा क्षेत्रलाई व्यवसायिक मात्रै नबनाइ लुट नै मच्चाउन खोज्दा समेत सम्बन्धित चिकित्सा आयोग र विश्वविद्यालयहरु सदैव मुकदर्शक बन्ने प्रवृत्तीले नै डन प्रवृत्तीलाई प्रोत्साहन गरेको छ भन्दा फरक नपर्ला ।
.gif)