यसै साता चर्चित र्यापर आशिष राना 'लाहुरे' लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पोखराबाट पक्राउ ग¥यो । उनी पक्राउ परेकै दिन लागुऔषध सहित काठमाण्डौँ र कञ्चनपुरबाट समेत केही युवा पक्राउ परे । यस किसिमको खुद्रा समाचारहरु दिनहुँ जसो आइरहेका हुन्छन । नेपाल–भारत सीमास्थित भन्सारदेखि त्रिभुवन विमानस्थलको भन्सार सम्मले पटकपटक विभिन्न परिमाणमा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गर्छ । नेपाल दक्षिण एसियामै लागुऔषध तस्करको ट्रान्जिट बनिरहेको प्रहरी प्रतिवेदनले नै देखाउछ । प्रहरी ओसारपसारमा संलग्न रहेका केहीलाई पक्राउ गर्न र मुद्दा चलाउन सफल रहेको देखिन्छ तर ती को मार्फत र कहाँ सप्लाई भइरहेको छ ? भन्ने बिषयमा भने प्रहरी पुगिसकेको देखिदैन । विशेषगरी शहरी क्षेत्रका युवापुस्ता लागुऔषध दुव्र्यशनीको शिकार भइरहेको विभिन्न अध्ययनहरुले देखाउदै आएको छ । स्थानीय सरकारहरुले सो अनुसारको बजेट विनियोजन समेत गरेको छ । तरपनि प्रभावकारी कार्यक्रमहरुको अभावमा लागुऔषध प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन । यसको नियन्त्रणका लागि युवाहरुलाई उत्प्रेरणा हुने , रोजगार र सीपसँग जोड्ने कार्यक्रमहरु लैजानुपर्ने आवश्यकता देखिन्छ । यदि प्रयोगकर्ताकै लेभलमा नियन्त्रण गर्ने कार्यक्रम बन्ने हो भने समग्र लागुऔषध नियन्त्रण हुन सक्दछ ।
.gif)