मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले जिल्ला अधिवेशन : उमेदवारले थाले प्रचार


पश्चिम प्रेस
बिहीबार , पुस २२ २०७८
  • 589
    Shares

  • images
    images
    एमाले जिल्ला अधिवेशन : उमेदवारले थाले प्रचार

    महेन्द्रनगर । नेकपा एमालेको जिल्ला अधिवेशन शुक्रबार हुदैछ ।
    जिल्ला अधिवेशनको समय नजिकीए सँगै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । जिल्ला अध्यक्षमा दाबी गरेका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्ट र अहिलेका जिल्ला अध्यक्ष बीरवहादुर थापा पातलले प्रचार सुरु गरेका छन । उनी निकट नेता कार्यक्रताहरुले सामाजिक संजालमा मार्फत प्रचार प्रसार गरिरहेका छन ।
    जिल्ला अध्यक्षका आकांक्षीहरु संगै अन्य पदका आकांक्षीहरु पनि  दौडधुपमा लागेका छन । आकांक्षीहरु अहिले नेता कार्यक्रताहरु संग छलफलमा व्यवस्त छन ।

    त्यसैगरी एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड जिल्लामा सर्कुलर गरेको छ ।  १(पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
    २( सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 
    ३(एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३९११० अनुसारको हुनेछ । मापदण्ड बनाएको छ ।


    प्रतिक्रिया दिनुहोस