सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

फेरी फैलिन थाल्यो कोरोना, सर्तकता खोई ?


पश्चिम प्रेस
शुक्रबार, पुस २३ २०७८
  • 1.2K
    Shares

  • images
    images
    फेरी फैलिन थाल्यो कोरोना, सर्तकता खोई ?

    महेन्द्रनगर । छिमेकी मुलुक भारतमा तीव्र्र्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि तीव्र्र फैलिन थालेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य नाकामा रुपमा रहेको पश्चिमी सिमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।

    यो क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । कञ्चनपुरमा विहीबार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या आजसम्मकै धेरै हो । जसमध्ये ५९ जना भारतबाट आउनेहरु छन । जिल्ला स्वास्थ्य कार्यालयले सीमानाकामा भारतबाट नेपाल फर्कनेहरुको नाकामै अन्टिजेन परीक्षण गर्ने गरेको छ । बुधबार गड्डाचौकीमा १३ जनामा संक्रमण देखिएको थियो भने मङ्गलबार ८ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने पछिल्लो केही दिन यता गड्डाचौकी नाकामा भारतबाट आउनेहरुमा संक्रमण तिब्र देखिन थालेको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका कारण विद्यालयहरु बन्द भएका छन हप्ताको दुई दिन लकडाउन गरिएको छ ।

    दिनहु जसो भारतको मुख्य शहर दिल्लीबाट आवतजावत हुने गड्डाचौकी नाकाबाट भित्रिनेहरुमा कोरोना संक्रमण तिब्र फैलिन थालेपनि स्थानीय प्रशासनले भने मौन छ । भारतसँग खुला सिमानाका कारण भारतमा कोरोना संक्रमित बढे त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने गरेको छ । कोरोनाको पहिलो र दोस्रो भेरियन्ट प्रमुख नाकाहरुबाट फैलिएको हो । पुन ः कोरोनाको तेस्रो लहर आउँदा नेपाल जोखिममा परेको छ तर सर्तकता भने छैन । पहिलो र दोस्रो लहरमा समयमै सीमानाका व्यवस्थित गर्न नसक्दा स्थिति भयावह भएको थियो । पछिल्लो एक सातायता छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण ह्वातै बढेको छ । ओमिक्रोन बढ्दै गएपछि छिमेकी मुलुक भारतले विद्यालयहरु बन्द गर्ने निर्णय गरेर कोरोना संक्रमण नियन्त्रणका लागि प्रयास थालेको छ ।

    तर दिल्लीसँगको नजिकको दूरीमा रहेको पश्चिमी सीमानाकामा भने सहज आवत जावत भइरहेको छ । नाकामा चेकजाँज भइरहेको भएपनि त्यसलाई कडाईका साथ लागु गर्न जरुरी छ । अर्कोतर्फ पछिल्लो समय आम नागरिकले समेत स्वास्थ्य सुरक्षाका मापण्ड समेत पालना गरेको देखिदैन स्थानीय प्रशासनले तत्काल भीडभाड नियन्त्रण र स्वास्थ्य सुरक्षाका मादण्डमा कडाइ नगरे स्थिति भयावह नहोला भन्न सकन्नि । अर्कोतर्फ सरकारले कोरोना खोप अभियानलाई तिब्रता दिन नसक्दा थप जोखिम निम्तिने खतरा छ । सरकारले भण्डारण गरेर राखेको खोप समेत लगाउन सकेको छैन ।

    पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन स्वास्थ्य सुरक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो । सरकारी यसमा पनि चुकेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने संक्रमण तिब्र हुन थालेपछि तयारी तिब्र पारेको जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले स्थानीय तहहरुसँग छलफल गरेर तत्काल तयारी अवस्थामा रहन आग्रह गरेको बताए ।“नाकामा हामीले परिक्षण गरिरहेका छौ ।” प्रजिअ पाण्डेयले भने–“हामीले होल्डिङ सेन्टर र आइसोलेसनहरु पनि तयारी अवस्थामा राख्न र सबैलाई सचेत हुन भनेका छौ ।”


    प्रतिक्रिया दिनुहोस