महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुरसिंह महराले वडा अध्यक्षपदबाट राजिनामा दिएका छन । शुक्रबार नगरपालिकाकोे १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका हुन । महरा गत बैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । शुक्लफाँटन नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले वडा अध्यक्षले निर्वाचन आयोगमा राजिनामा बुझाउनुपर्ने भएपनि आफुलाई पत्र बुझाएको बताए । “मलाई पनि राजिनामापत्र दिएका छन ।” उनले भने–“यस विषयमा छलफल हुदैछ ।”
.gif)