मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :
जनगणना २०७८

रोजगारीका लागि भारत जानेहरुको तथ्याङ्क संकलन गरिने

वित्तीय पहुँचको अवस्थाबारे पनि तथ्यांक संकलन हुँने


पश्चिम प्रेस
सोमबार, असोज ११ २०७८
  • 642
    Shares

  • images
    images

    महेन्द्रनगर । असोज पहिलो साता देखी सुरु भएको राष्ट्रिय जनगणना यस पटक पृथक तरीकाले हुदैछ । यस पटकको जनगणनामा परिवार संख्या र वित्तीय पहुँचको अवस्थाबारे पनि तथ्यांक संकलन हुँदै छ । परिवारको आय आर्जनको अवस्था र रोजगारीका लागि भारत वा अन्य मुलुकमा जानहरुकोे समेत तथ्यांक संकलन हुने छ । 
    अहिले सुपरिवेक्षकहरू घरघरमा परिवारको विवरण संकलनमा व्यस्त छन । सुपरिवेक्षकले परिवारको सूचीकरण गर्दा घरको अवस्था र प्रयोजन, परिवार संख्या, जमिनको अवस्था, वित्तीय पहुँचको अवस्था र प्राविधिक शिक्षाको अवस्थाबारे विवरण संकलन गर्नेछन । अहिले कञ्चनपुरलाई ५ वटा इलाकामा विभाजन गरी विवरण संकलन भइरहेको छ । २५० देखि ३ सय परिवारसम्म एक गणना क्षेत्र निर्धारण गरिएको छ । भने ४ गणना क्षेत्र बराबर एक सुपरिवेक्षण क्षेत्र निर्धारण गरिएको छ । ज्नगणनाका लागि  कञ्चनपुरमा ११७ सुपरिवेक्षक खटिएका छन । जिल्ला जनगणना अधिकारी गोविन्दप्रसाद न्यौपानेले परिवार सूचीकरण सकिएपछि मुख्य गणना सुरु हुने बताए । २०६८ को जनगणनाअनुसार कञ्चनपुरमा ८० हजार घरधुरी छन । यस पटक उक्त संख्या १ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । तिनकै आधारमा सुपरिवेक्षकहरू परिचालन गरिएको छ । अहिले गणकहरूको पनि छनोट चलिरहेको छ । 


  • सम्बन्धित विषय:

  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस