दार्चुला । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी यार्सा टिप्न गएका कम्तीमा ८ जना पुरिएको आशंका आशङ्का गरिएको छ । दिउँसो पौने ३ बजे व्यास गाउँपालिका—१ बोलिनमा हिमपहिरो गएको हो ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८—९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो । हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए ।
.gif)