कञ्चनपुर । महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० प्रधान टोलका ७५ वर्षीय रनुनाथको नदीमा मृत्यु भएको हो ।
सोमबार रातिदेखि बेपत्ता रहेका नाथ मंगलबार बिहान महाकाली नदीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।
.gif)