काठमाडौँ । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । २०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त सिफारिस खारेज गर्न माग गर्दै रिट लिएर आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई सरकारले आममाफी दिने निर्णय गरेको थियो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन सिफारिस गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो ।
सोहीबिरुद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेश गरेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका मौकामा रेशम चौधरीलाई आममाफी दिने गरी तयारी भइरहेको छ।
.gif)