सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कमल थापाको पार्टी परित्याग सम्बन्धी विभिन्न अड्कलबाजी


पश्चिम प्रेस
बुधबार, माघ २६ २०७८
  • 1.0K
    Shares

  • images
    images
    कमल थापाको पार्टी परित्याग सम्बन्धी विभिन्न अड्कलबाजी


    राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको पार्टी परित्याग राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ । राप्रपाको भर्खर सफल भएको महाधिवेशन नयाँ नेतृत्वपछि  पछि असन्तुष्ट भएका कमल थापाको पार्टी परित्यागका सम्बन्धमा विभिन्न अड्कलबाजी हुन थालेका छन् । पार्टी परित्याग पछि कमल थापाले राजनीतिक जीवनबाट सन्याश लेलान या नयाँ पार्टी खोलेर भिन्न तरिकाले अगाडि बढ्लान भन्ने कुरा राष्ट्रिय राजनीतिमा शंका र बहसको विषय बनेको छ । महाधिवेशन परिणाम पछि एक समुह नेतृत्व हस्तान्तरण र नयाँ नेतृत्व चयनलाई सकारात्मक पक्षको रुपमा लिइरहेका छन् भने अर्कोतिर पार्टीका महत्वपूर्ण नेताहरुले पार्टी परित्याग गर्दै जानुले राप्रपाको राजनीतिमा शंकट आएको भन्ने बुझाई पनि धेरैको छ ।  एक साता अघि मात्रै मात्रै केन्द्रीय सदस्य, विभागीय जिम्मेवारी, प्रदेश प्रवक्ता हुदै कञ्चनपुर जिल्ला सचिवको भूमिका सम्म निभाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता  नेता हेमबाबु लेखकले सामाजिक सञ्जाल मार्फत राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । त्यसको ठिक एक हप्ता बित्न नपाउँदै राप्रपाका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छोडेको घोषणा गरेका छन् । देश संघीयतामा गइसकेपछि पनि राप्रपाको नेतृत्व गर्दै राजा र राजतन्त्र पुनस्र्थापनाको मुद्दालाई एक्लै बोकेर हिडिरहेका कमल थापा पार्टीको अधिवेशन र नयाँ नेतृत्व चयन पछि भने एक्कासी परिवर्तन भएका छन् । महाधिवेशनको समयमा पनि राजाले आफूप्रति राम्रो व्यवहार नगरेको तथा अधिवेशनको नेतृत्व चयनका सम्बन्धका चलखेल गरेको प्रति आफू असन्तुष्ट रहेको अभिव्यक्ति विभिन्न सञ्चार माध्यममा दिदै आइरहेका थिए । दशकौँ देखिको पार्टी र राजतन्त्रप्रतिको आफ्नो योगदानलाई चटक्क बिर्सेर नयाँ नेतृत्व चयनका लागि राजा अग्रसर भएको जस्ता असन्तुष्टिहरु सञ्चार माध्यममा दिदै आइरहेका कमल थापाले तुरुन्तै पार्टी परित्याग गर्नुले नेपालको राष्ट्रिय राजनीतिमा चर्चाको विषय बन्न पुगेको छ । हिजो मात्रै पार्टी परित्याग गरेको घोषणामा समेत पार्टीभित्र  सैद्धान्तिक विचलन देखा पर्न थालेको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टी छोड्ने निर्णय गरेको बताएका छन । कमल थापाको पार्टी परित्यागलाई मानिसहरुले विभिन्न दृष्टिकोण र अड्कलबाजीले समीक्षा गरिरहेका छन् । कसैले कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा रहेको भन्ने अड्कल लगाइरहेका छन् भने कसैले राजतन्त्रको मुद्दा छाड्ने सङ्केतका रुपमा चर्चा गरिरहेका छन् ।  कमल थापाले महाधिवेशनमा भएको पराजय सहन नसकेपछि नयाँ बाटोको खोजीमा लागेका भन्ने बुझाइ पनि थुप्रै मानिसको रहेको छ । जेजस्तो अड्कलबाजी र चर्चा भए पनि कमल थापाको आगामी रणनीति भने सार्वजनिक भएको छैन् । 


    प्रतिक्रिया दिनुहोस