शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ‘ग्लोबल एजुकेशन एक्सपो’ आयोजना हुने 


पश्चिम प्रेस
आइतबार, भदौ २४ २०८०
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुरमा ‘ग्लोबल एजुकेशन एक्सपो’ आयोजना हुने 

    महेन्द्रनगर । कञ्चनपुरमा  ‘ग्लोबल एजुकेशन एक्सपो’ आयोजना हुने भएको छ । 

    ओली एण्ड एसोसिएट्स नेपालको आयोजनामा भदौ २६ गते सो कार्यक्रम हुन लागेको हो ।

    'सबै एउटै छाना मुनि’ भन्ने नाराका साथ कार्यक्रम हुन लागेको हो । कार्यक्रम यहीँ भदौ २६, जिल्लाको भीमदत्त नगरपालिका—४ स्थित भानु पार्टि प्यालेसमा हुन लागेको आयोजकले जनाएको छ । 


    कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलेज तथा विश्ववद्यालयका प्रतिनधि आउनेछन् । नेपाल, अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत र न्यूजिल्याण्डका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सहभागीले शैक्षिक ऋण सहायता प्राप्त गर्न विभिन्न बैङ्कका ऋण विशेषज्ञहरूलाई पनि भेट्न सक्ने र विज्ञहरूबाट उत्कृष्ट शिक्षा परामर्श सेवाहरू लिन सकिने व्यवस्थापक विनायक म्यानेजमेन्ट ग्रुपले जनाएको छ । 

    साथै, कार्यक्रममा उपयुक्त अङ्ग्रेजी भाषा परीक्षा विकल्पहरूको बारेमा समेत बताइने जनाइएको छ । कार्यक्रममा सहभागीहरुका लागि प्रवेश निःशुल्क रहेको छ ।


  • सम्बन्धित विषय:

  • # ग्लोबल एजुकेशन एक्सपो
  • प्रतिक्रिया दिनुहोस