महेन्द्रनगर । कञ्चनपुरमा शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाएका छन् । विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रवार शिक्षकहरूले विधेयक जलाएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङ्गणमै विधेयक जलाइएको नेपाल राहत शिक्षक समिति केन्द्रीय सह वरिष्ठ अध्यक्ष नवीन सिंह धामीले बताए ।
विधेयक शिक्षक, कर्मचारीको हित विपरीत भएको उनको भनाइ छ । यो साङ्केतिक आन्दोलन मात्रै भएको बताउँदै उनले असोज ३ गतेबाट आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साबिक उच्च मावि स्थायी सबै शिक्षक विरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको उनले बताए ।
नेपाल शिक्षक सङ्घ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरका शिक्षक आन्दोलनमा उत्रिएको बताएका छन् ।