शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन


पश्चिम प्रेस
बुधबार, असोज ३ २०८०
  • 1.4K
    Shares

  • images
    images
    देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

    काठमाडौँ ।  सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

    विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । माइतीघरबाट सुरु भएको जुलुस बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेको छ । शिक्षकहरुले निषेधित क्षेत्रबाहिर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

    ठूलो संख्यामा शिक्षकहरु सहभागी प्रदर्शनका कारण अहिले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विशेष गरी नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।

    देशभरका ३० हजार सरकारी विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलित बनेका हुन् । जसका कारण ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

     


  • सम्बन्धित विषय:

  • # शिक्षकहरुको प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस