शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयले सम्मान गर्ने


पश्चिम प्रेस
बिहीबार , मंसिर ७ २०८०
  • 679
    Shares

  • images
    images
    कांग्रेस नेता लेखकलाई  लखनउ विश्वविद्यालयले सम्मान गर्ने

    महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गर्ने भएको छ । यही मंसिर ९ गते (नोबेम्बर २५) आफ्नो १०३ औं स्थापना दिवसमा विश्वविद्यालयले कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गर्न लागेको हो । लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लेखकले लखनउ विश्वविद्यालयमा बिए, एमए र एलएलबी (कानुन) को अध्ययन गरेका थिए । लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।


  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • प्रतिक्रिया दिनुहोस