मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते


पश्चिम प्रेस
बिहीबार , मंसिर ७ २०८०
  • 605
    Shares

  • images
    images
    दार्चुलामा जिप दुर्घटना  हुँदा ६ जना घाइते

    खलंगा । दार्चुलामा बिहिबार बिहान जिप दुर्घटना  हुँदा ६ जना सामान्य घाइते भएका छन्। सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
    घाइते हुनेमा महाकाली नगरपालिका(५ मोती बस्ने रमिता भट्ट, महाकाली नगरपालिका(३ का ७२ वर्षीया बीरादेवी भट्ट, महाकाली नगरपालिका(२ बुडीचौरका ६८ वर्षीया मानमती बडू, ७० वर्षीया उजलीदेवी फराल, झस्कुका ४८ वर्षीय देवदत्त भट्ट र महाकाली नगरपालिका(४ की ३५ वर्षीया यशोदा अवस्थी रहेका छन्। घाइते सबैको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। 


  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • प्रतिक्रिया दिनुहोस